६ फाल्गुन २०७७, बिहीबार

एजेन्सी, ६ फागुन । युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लिगमा युभेन्ट्स पोर्टोसँग पराजित भएको छ । गएराति भएको खेलमा युभेन्ट्स पोर्टोसँग २–१ ले पराजित भएको हो ।

घरेलु मैदानमा पोर्टोलाई जित दिलाउनको लागि मेहेदी तारेमी र मोउसा मरेगाले गोल गरे । युभेन्ट्सको लागि फेडरिको चिइसाले एक गोल फर्काए ।

खेन सुरु भएको २ मिनेट नबित्दै मेहेदी तारेमीले गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पनि शुरुमै मोउसा मेरेगाले गोल गर्दै पोर्टोको अग्रता दोब्बर बनायो ।

८२औं मिनेटमा चिइसाले एक गोल फर्काए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल पोर्टोले जित्यो ।

अब यि दुई टोलीबीचको दोस्रो लेगको खेल १० मार्चमा हुनेछ । युभेन्ट्सलाई अघिल्लो चरण प्रवेश गर्न १–० को जित आवश्यक पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV