५ फाल्गुन २०७७, बुधबार

काठमाडौं, ५ फागुन । काठमाडौंको खुलामञ्च अतिक्रमण गरेर बनाइएका टहराहरु भत्काइएको छ । बुधबार काठमाडौं महानगरपालिकाले डोजर लगाएर टहराहरु भत्काएको हो भने त्यहाँ राखिएका सामानहरु पनि महानगरले हटाएको छ ।

खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुनर्निर्माण गर्न आवश्यक निर्माण सामग्रीहरु राखिएका थिए । त्यस्तै दरबार हाइस्कुल निर्माणमा खटिएका चिनियाँ ठेकेदारले मजदुरहरू राख्न टहरा आवासका रूपमा प्रयोग गर्दै आएका थिए ।

खुलामञ्च जोगाऔं अभियानका अभियन्ता एवं काँग्रेस नेता भीमसेनदास प्रधानले खुलामञ्चलाई पुरानै अवस्थामा ल्याउने प्रयासका लागि आफुहरुले सरोकारवालाहरुको ध्याकर्षण गराएको बताउनुभयो ।

खुलामञ्चमा विगत सार्वजनिक सभा समारोह हुने गरेकोे थियो । खुलामञ्चमा ठाउँ नभएपछि राजनीतिक पार्टीका सभासम्मेलन सडकमा हुन थालेका छन् ।

पुरानो बसपार्कले पनि खुलामञ्चको आधी भाग ओगटेको छ । पुरानो बसपार्कमा टावर बनाउन बसपार्क खुलामञ्चमा सारिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV