५ फाल्गुन २०७७, बुधबार

एजेन्सी, ५ फागुन । उत्तर कोरियामाथि अमेरिकी औषधि उत्पादक फाइजरबाट कोरोना भाइरसविरुद्धको खोप विकास गर्ने प्रविधि चोरी गर्न खोजेको आरोप लागेको छ ।उक्त अभियोग उत्तर कोरियालाई दक्षिण कोरियाका अधिकारीहरूले लगाएका हुन् । तर अहिलेसम्म फाइजरको डेटा चोरी भएको हो या होइन भन्नेबारे स्पष्ट हुन नसकेको जनाइएको छ । समाचारसंस्था योन्ह्यापका अनुसार दक्षिण कोरियाको न्याश्नल इन्टेलिजेन्स एजेन्सीले गोप्य रूपमा सांसदहरूलाई आक्रमण गरिएको भन्ने विषयबारे जानकारी गराएको जनाएको छ ।

हालसम्म कोरोना भाइरस सङ्क्रमण पुष्टि कुनै व्यक्तिमा पनि नगरेको उत्तर कोरियाले अक्सफर्ड आस्ट्राजेनेकाले विकास गरेको खोपको २० लाख मात्रा आगामी केही हप्ताहरूमा प्राप्त गर्दैछ।

गत वर्ष चीनमा कोरोना भाइरस देखिन थालेपछि ज्यानुअरी महिनादेखि उत्तर कोरियाले आफ्नो सीमानाका बन्द गरेको थियो।

गत नोभेम्बरमा फाइजरसहित कम्तीमा नौवटा स्वास्थ्यसंस्थालाई राज्य समर्थित रुसी र उत्तर कोरियाली संस्थाहरूले निसाना बनाएको प्रविधि कम्पनी माइक्रोसफ्टले जनाएको थियो।

जिङ्क र सेरीएम नाम गरेका उत्तर कोरियाली कम्पनी र फ्यान्सी बीअर नाम गरेको रुसी कम्पनी त्यसका लागि जिम्मेवार रहेको बताइएको छ। क्रेम्लिनले अन्य देशको खोपसम्बन्धी अनुसन्धान प्रति निसाना साधेको विषयको खण्डन गरेको छ। बीबीसीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV