५ फाल्गुन २०७७, बुधबार
  • सुजन पुडासैनी,

हेटौंडा, ५ फागुन । उच्च अदालत पाटन हेटौंडा इजलासले मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टलाई पुनः आफ्नो पदीय जिम्मेवारीमा फर्कन परमादेश जारी गरेको छ ।

बुधबार न्यायाधीशहरु मोहम्मद साबीर हुसेन र चन्डिराज ढकालको संयुक्त इजलाशले उत्प्रेषण आदेशमार्फत् सबै प्रक्रिया खारेज गर्ने र उपाध्यक्ष विष्टलाई पुन कामकाजमा फर्कन पाउने गरि परमादेश जारी गरेको हो ।

विष्टले आफूले राजीनामा नदिएको भन्दै उच्च अदालत पाटन हेटौंडा इजलासमा रिट दायर गरेकी थिइन् । उक्त रिट उपर अदालतले उपाध्यक्ष विष्टको पक्षमा फैसला गरेको हो ।

बिष्टको पक्षमा अधिवक्ताहरु सुशील कुमार पोखरेल, मदन दाहाल, अमृत लामा र शिवप्रसाद बञ्जाराले बहस गरेका थिए । विष्टले गएको मंसिर २९ गते राजीनामा बुुुझाएको भन्दै पुस १७ गते गाउँपालिकाले राजीनामा स्वीकृत गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV