५ फाल्गुन २०७७, बुधबार

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले बिदाइ भेट भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र राजदूत साइगोलेबीच बिदाइ भेट भएको हो ।

बुधबार राजदूत साइगो आफ्नो दुई वर्ष ९ महिनाको कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लाग्नुभएको हो । राजदूत साइगोकोको कार्यकाल सफल रहेको उल्लेख गर्दै यस अवधिमा नागढुंगा सुरुङ लगायतका विभिन्न कार्यक्रमहरुमार्फत् नेपाल र जापानबीचको मैत्रीसम्बन्ध थप सुदृढ बनाउन खेल्नुभएको भूमिकाका लागि प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गर्नुभयो ।

बिदाई भेटमा आगामी दिनमा दुई देशबीच राष्ट्राध्यक्ष तथा सरकारका प्रमुख स्तरको भ्रमण आदान प्रदान हुने अपेक्षा समेत प्रधानमन्त्रीले व्यक्त गर्नुभएको थियो । त्यस्तै, राजदूत साइगोले आफ्नो कार्यअवधिभर नेपाल सरकारबाट प्राप्त सहयोगका लागि आभार प्रकट गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV