५ फाल्गुन २०७७, बुधबार

एजेन्सी, ५ फागुन । उत्तर कोरियाका नेता किम जोङ-उनकी पत्नी एक वर्षभन्दा लामो समयपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेकी छन् ।स्थानीय सञ्चारमाध्यमका अनुसार री सोल – जु मङ्गलवार आफ्ना पतिसँग आफ्ना ससुरा किम जोङ-इलको जन्मजयन्तीको अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा सहभागी भएकी थिइन्।

री प्रायजसो उनकी पति किमसँगै सार्वजनिक कार्यक्रमहरूमा देख्थिइन् तर गत सन् २०२० को ज्यानुअरीदेखि कतै देखा परेकी थिइनन्। दक्षिण कोरियाको गुप्तचर संस्थाले सोमवार मात्रै सांसदहरूलाई कोरोना भाइरसको डरले सार्वजनिक कार्यक्रममा देखा नपरेको अनुमान गर्दै उनले सन्तानसँग समय बिताइरहेको हुनसक्ने बताएको बीबीसीले जनाएको छ ।

उत्तर कोरियाले त्यहाँ औपचारिक रूपमा कोरोनाभाइरस सङ्क्रमण भएको बताएको छैन। री नेता किम पत्नीसँगै साङ्गीतिक कार्यक्रम स्थलमा पुग्दा ठूलो स्वागत भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV