५ फाल्गुन २०७७, बुधबार

एजेन्सी, ५ फागुन । म्यानमारकी नेतृ आङ सान सू चीविरुद्ध दोस्रो आपराधिक अभियोग लगाइएको छ।यसअघि उनीलाई अवैधानिक रूपमा सञ्चार उपकरण वाकीटकी राखेको अभियोग लगेको थियो । अहिले फेरि उनीमाथि प्राकृतिक प्रकोपसम्बन्धी कानून उल्लङ्घन गरेको अभियोग थपिएको छ। तर उक्त अभियोग लगाइएकोबारे भन्ने स्पष्ट नभएको जनाइएको छ ।

माघ १९ मा सेनाले देशको शासनसत्ता हातमा लिएपछि हाल म्यान्मारमा विरोधप्रदर्शन भइरहेको छ।
सेनाले नयाँ निर्वाचन गराउने र सत्ता हस्तान्तरण गर्ने बताएको भए पनि प्रदर्शनकारीहरूले सू चीसहित सबै नेताहरूलाई तत्काल मुक्त गर्नुपर्ने माग गरिरहेको छ ।

यस्तै भर्खरै सम्पन्न निर्वाचनको परिणाम स्वीकार्नुपर्ने बीबीसीमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV