५ फाल्गुन २०७७, बुधबार

एजेन्सी, ५ फागुन । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ चरणको पहिलो लेगमा पेरिस सेन्ट जर्मने ( पिएसजी)ले स्पेनिस क्लब बार्सिलोनामाथि शान्दार जित निकालेको छ ।

गएराति भएको खेलमा पिएसजीले बार्सिलोनालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाकै घरेलु मैदानमा शान्दार जित दिलाउनको लागि युवा फरवार्ड कीलियन एमबाप्पेले ह्याट्रिक गरे । अर्को एक गोल मोइस किनले थपे ।

बार्सिलोनाको लागि कप्तान लियोलेन मेस्सीले गरे ।

खेलेको २७ औँ मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

मिडफिल्डर फ्रेन्की डे जोङ पेनाल्टी क्षेत्रभित्र डिफेन्डर लेभिन कुर्जावाको खुट्टामा अल्झेर लडेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

३२ औँ मिनेटमा एमबाप्पेले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको ६५ औं मिनेटमा पिएसजीले एमबाप्पेकै गोलमा अग्रता लियो । उनले फ्लोरेन्जीको पासमा गोल गरेका थिए ।

खेलको ७० औँ मिनेटमा मोइस किनले गोल गर्दै पिएसजीलाई ३–१ ले अगाडि बढाए । खेलको ८५ औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दै पिएसजीलाई शान्दार जित दिलाए ।

अब पिएसजी र बार्सिलोनाबीच दोस्रो लेगको खेल १० मार्चमा पेरिसमा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV