४ फाल्गुन २०७७, मंगलवार
  • केजिन राई,

ब्रसेल्स, ४ फागुन । पत्रकारहरुको सम्मानपूर्वक ब्यबस्थापन, लेखन, र वाक स्वतन्त्रताको ग्यारेन्टी तथा पत्रकारहरुको संरक्षण यूरोपियन यूनियनले कानून बनाएरै लागू गरिरहेको अवस्थामा नेपाली पत्रकारहरुले पनि आफ्नो संगठन निर्माण गर्दै विभिन्न देशमा छरिएर रहेका पत्रकारहरुलाई संगठित भएर बस्ने अवसर मिलेको छ ।

यूरोपियन यूनियनभित्रको देशहरुमा पत्रकारिता पेशा अत्यन्त्य मर्यादित र सम्मानित पेशाको रुपमा स्थापित रहेको छ । अहिले नेपाल पत्रकार महासंघ यूरोप शाखाको नाममा प्रचलित युरोपियन कानून अनुरुप पत्रकारिता क्षेत्रमा काम गर्न र नेपाल र युरोपको सूचना सम्प्रेषण र सहकार्य गरी नन प्रोफिट संथाको रुपमा युरोपको राजधानी ब्रसेल्समा दोस्रो पटक विधिवत दर्ता भइ भयमुक्त काम गर्न र निडर संथाको रुपमा स्थापित गर्न सफल भएको छ ।

समग्र सस्थाको गतिबिधि सम्पूर्ण आयव्यय र सस्थाको बिधान, सदस्यहरुको विवरण सबै पारदर्शी रुपमा महासंघको वेबसाइटमा राखिएकाले आर्थिक अपारदर्शिता भयो भन्नुमा कुनै तुक देखिदैन ।

जुनसुकै समय जस्लेपनि हेर्न र जानकारी लिन सक्ने ब्यबस्था मिलाइएको छ । युरोप शाखाको आर्थिक अनियमितताको बारेमा शाखाको हरेक हिसाब किताबहरु कार्यसमितिको बैठकमा प्रस्तुत भएका छन् । यस बिषयमा कोषाध्यक्ष तेज बहादुर नेपालीलाई जानकारी भएको स्वयं कोषाध्यक्षले जानकारी गराई सक्नु भएको छ ।

कार्यसमितिको बैठकमा खर्च र आम्दानीको विवरणहरु पटक–पटक राखिएको छ । बिधान अनुरुप नै शाखाको हरेक कृयाकलापहरु सञ्चालन भएका छन् । अहिलेको अवस्थामा अध्यक्ष केजिन राईबाट संगठनको संरचना बिग्रने भत्किने कुनै किसिमका गतिविधिहरु नभएको घाम जति कै छ भन्नु अत्युक्ति नहोला ।

विधिवत सस्थाको दर्ता प्रक्रिया, वेबसाइट निर्माण र बैंकिंग प्रणालीमा चुस्त रहेको अहिले नेपाल पत्रकार महासंघ युरोप शाखा चौथो अधिवेशनको संघारमा छ ।

संस्थाले गरेका गतिविधिहरुको बारेमा र संस्थासंग सम्बन्धित बिबिध नकारात्मक बिषयबस्तुहरु उठान गरेर सामाजिक संजालमा बदनाम गराउन खोज्ने एउटा समूह सक्रिय रहेकाले संसारभर छरिएर रहेका नेपाली समुदायहरुमा संस्थाका सामाजिक र पत्रकारहरुका हितमा गरिएका क्रियाकलापहरु सार्बजनिक भैसकेको भएतापनि फेरी पनि भ्रममा नपर्न अनुरोध गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।

अहिले नेपाल पत्रकार महासंघ युरोप शाखाको नाममा प्रचलित युरोपियन कानून अनुरुप पत्रकारिता क्षेत्रमा काम गर्न र नेपाल र युरोपको सूचना सम्प्रेषण र सहकार्य गरि नन प्रोफिट संथाको रुपमा युरोपको राजधानी ब्रसेल्समा दोश्रो पटक १०–१२–२०२० मा विधिवत दर्ता भइ भएमुक्त बातावरणमा काम गर्न र निडर संथाको रुपमा स्थापित गर्न सफल भएको छ ।

एफएनजे युरोपका सम्पूर्ण सदस्यहरु झन्डै एक सय ३५ देशहरुका साठ्ठी लाख बढी सदस्यहरु रहेको र ब्रसेल्समा मुख्यालय रहेको संसारकै पत्रकारहरुको ठूलो र बिशाल संगठन अन्तराष्ट्रिय पत्रकार महासंघ ‘आइएफजे’ को सदस्य बन्न सफल भइ निर्भिक पत्रकारिताको निम्ति युरोपमा छलांग मारेको अनुभूति गरिएको छ ।

संस्थाको नाममा आफ्नो वेबसाइट र बैक खाता खोल्नाकालागी गरिएको उपलब्धिहरु सराहनीय र उपलब्धिमुलक भएको मान्नुपर्छ कार्यसमितिका सम्पूर्ण सदस्यहरुको लगनशिलताले बरु संस्थालाई विश्व सामु चिनाउन भर मजदुर प्रयास भएको सर्बत्र छर्लंग छ ।

माथि भनिए जस्तै कार्यसमितिको मिटिंग र अधिबेशन नबोलाइएको भन्ने आरोपका बिषयमा दोश्रो अधिबेशपछि कार्यसमितिका धेरै मिटिंग भएका छन । संगठनका सुधार, कार्ययोजना र आर्थिक बिषयमा गहन छलफल भएका छन् ।

प्रतिकुल अवस्थामा पनि समय समयमा संस्थाको बैठक भएका छन् । कोरोना महामारीले संसार आक्रान्त भैरहेको अवस्थामा पनि कार्यसमितिका सदस्यहरुको सक्रियता सबैका सामु प्रष्ट देखिएको नै छ ।

सम्मेलन र अधिबेसनको कुरामा कार्यसमितिको जुन ९ तारिख २०२० मा बसेको बैठकले केन्द्रको निर्देशन र परिस्थिति अनुकुल नभएसम्मका लागि कार्यसमितिको म्याद थप गरिएको निर्णय गरिसकेको थियो ।

कार्य समितिको बैठकले शाखाले गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रम ‘कोरोना कहर र नेपालीहरुको अवस्था’ र ‘युरोपमा नेपाली पत्रकारिता’ स्मारिकाको बिषयको एजेन्डासहित ब्यापक छलफल भएको थियो । आर्थिक अवस्थाको बारेमा अध्यक्ष केजिन राई र स्मारिकाको बिषयमा सचिब वाई बि गुरुङले फियरिष्ट जानकारी गराउनु भएको थियो ।

दुई तिहाई कार्यसमितिका सदस्यको उपस्थितिमा उक्त एजेन्डामा समिक्षा गर्दै निर्णय गरेको सर्बबिदितै छ । जनवरी ८ तारिख २०२० मा बसेको कार्यसमितिको बैठकले राजीनामा दिएका, इन्जामा गएका कार्यसमितिका सदस्यहरुको राजीनामा स्वीकृत गर्दै नयाँ सदस्यहरुलाई रिक्त पद र अन्य कार्यसमितिमा राख्ने निर्णय गरेको थियो ।

कार्यसमितिका कुनैपनि कार्यसमितिमा रहेका सदस्यहरुलाई केन्द्रले स्थानान्तरण गरिसकेपछि बैठकले अनुमोदन गर्दै ससम्मान बिदाई गरेको हो । शाखाको बैठक नोभेम्बर ८ तारिख राखिएको अवस्था हुदाहुदै बिदाई भएका कार्यसमितिमा नरहेका तत्कालीन बरिष्ठ उपाध्यक्ष र सचिबसहित ४ जना साथीहरुले अकस्मात ७ नोभेम्बर २०२० का दिन बैठक आह्वान गर्दै अध्यक्षलाई निलम्बन गर्दै बिज्ञप्ति निकाल्नु नै गलत र अबैधानिक तरिका थियो किनकि अध्यक्षलाई हटाउन बिधानत दुई तिहाइ भन्दा बढी कार्यसमितिका सदस्यहरुको उपस्थिति र स्वीकृति अनिवार्य हुनुपर्छ ।

त्यो सिफारिस पनि साधारण सभाले पारित गरिनु पर्ने प्राबधान छ । उक्त बिषयमा असहमति जनाउदै नोभेम्बर ८ तारिखका दिन दुई तिहाई भन्दा बढीको उपस्थितिमा बसेको कार्यसमितिको बैठकले गरेका विभिन्न निर्णयहरु हस्ताक्षरसहित केन्द्रमा जानकारीका लागि पठाइ सकिएको छ ।

कोही पनि प्रवासमा सहज जीवनयापन गर्न सकिन्छ कि भनेर नै हामी आएका हुन्छौ । मातृभूमिमा सूचना र सञ्चार क्षेत्रमा केही न केही गरेरै आएको हुन्छ । त्यसमा पनि युरोपमा रहेका नयाँ पुराना पत्रकारहरु सूचना र सञ्चार क्षेत्रमा आफ्नो अनुभब भएका र बाध्यात्मक अवस्थाका कारण बिदेशिनु परेको हुन्छ ।

उहाहरुलाई संगठित गर्ने कि नगर्ने ? रह्यो प्रक्रियाको कुरा बिना प्रक्रिया कोही ब्यक्ति कुनैपनि संस्थामा सामेल हुन सक्दैन बिधान र नियमको पालना गरेरै संस्थामा प्रवेश गरेका हुन् ।

उहाँहरुले केन्द्रको सदस्यता बापत भुक्तानी रसिद, सदस्यता कार्ड र स्थानान्तरण पत्र युरोप शाखामा उपलब्ध गराइसक्नु भएको छ । आर्थिक अनियमितताको बिषयमा सम्पूर्ण आम्दानि र खर्चको बिबरणहरु कार्यसमितिको मिटिंगमा जानकारी भैसकेकोले र शाखाको बास्तबिक आय र व्ययको रिपोर्ट अधिबेशनमा प्रस्तुत हुनेमा दुई मत नै रहेन तर पनि महासंघ युरोपको सम्पूर्ण आम्दानि खर्चको विवरण शाखाको वेबसाइटमा उपलब्ध गराइएको छ ।

कुनै पनि बैधानिक संस्थाको बिधान अनुसारनै अधिबेशन हुन्छ तर कुनै पनि अकल्पनीय परिस्थिति आएमा कार्यसमितिको दुई तिहाइ सदस्यको अनुमतिले अधिबेशन सार्न सक्छ । भएको त्यहि हो, मिति जुन ९ तारिख २०२० मा बसेको कार्यसमितिको बैठकले केन्द्रको निर्देशन र अवस्था सुधार नभएसम्म थप कार्यावधिकालागि समय थपेको थियो ।

केन्द्रको पत्र प्राप्त भए अनुसार फेब्रुवरी ४ मा बसेको कार्यसमितिको बैठकले फेब्रुअरी २० तारिख शाखाको बिधानको परिच्छेद ५ को सफा ३ को उपदफा ३ अनुरुप १५ दिन अघि अधिवेशन संम्पन्न गर्ने विभिन्न समितिहरु गठन गर्दै अधिवेशन सम्पन्न गर्ने निर्णय बमोजिम अन्तिम तयारीमा पुगिसकेको छ ।

संस्थाले गत मार्च महिनामा कार्यकाल सकिएसंगै २ तिहाई सदस्यहरूले अवधि थाप गरि केन्द्रलाई जानकारी गराएको र आफ्नो फेसबुक पेज एफएनजे युरोप २०१२ मा गत अगष्ट ५ तारिखनै सार्बजनिक रूपमा खुल्ला सदस्यता आब्हान गरिएको थियो अहिले पनि पेजमा सो कुरा सुरक्षित सबैले हेर्न सकिन्छ ।

अन्तमा हामी सबै संस्थाको हितका लागि अघि बढ्नुको कुनै विकल्प छैन । माथि उठान गरिएका बिषय बस्तुहरुमा प्रामाणिक रूपमा नेपाल पत्रकार महासंघ युरोप शाखामा सम्पूर्ण यथार्थता सुरक्षित रहनु एउटा पद्दति–बिधि र बिधानत सबै सस्थागत रहेको प्रष्ट पार्न चाहन्छौ ।

आउदो शनिबार २० तारिख हुने चौथो अधिबेशन नेपाल सरकारका सूचना तथा संचार र प्रबिधि मन्त्रीले उद्घाटन गर्ने निश्चित भएको र यूरोपका २२ देशबाट गैर आबासीय नेपाली संघ, प्रबासी नेपाली मञ्च, जनसम्पर्क समिति अध्यक्ष र सचिब एनआरएन अग्रज अभियन्ताहरू, यूरोपभरका ६ देशका राजदूतहरू संघसस्था प्रतिनिधिहरू अधिबेशनमा सहभागी हुने तय भइसकेको र सम्पूर्ण तयारीको अन्तिम चरणमा पुगेको जानकारी गराउन चाहान्छौ ।

(लेखक पत्रकार महासंघ यूरोप अध्यक्ष हुन्)

प्रतिक्रिया दिनुहोस्

LIVE TV