४ फाल्गुन २०७७, मंगलवार
  • तारा आचार्य,

विराटनगर, ४ फागुन । प्रदेश १ को पूर्वाधार क्षेत्रमा विकासका लागि प्रदेश १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच समझदारी भएको छ ।

सार्वजनिक निजी साझेदारीको माध्यमबाट पूर्वाधार क्षेत्रको परियोजनाको पहिचान गर्दै सम्भावित परियोजनामा वित्तीय तथा प्राविधिक सहयोग र सहकार्य गरिने समझदारीमा उलेख गरिएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा लगानी प्राधिकरणका तर्फबाट निर्देशक डा. सरोज कोइराला र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरे ।

सो समझदारी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले पूर्वाधार क्षेत्रको विकासका लागि लगानीको सुनिश्चितता भएपछि पूर्वाधार निर्माणमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।

उनले सार्वजनिक निजी साझेदारीमा प्रदेशका विकास योजनाहरुलाई तीव्रता दिने प्रदेश सरकारको उद्देश्य रहेको बताए । समझदारी कार्यक्रममा प्रदेश उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV