४ फाल्गुन २०७७, मंगलवार

काठमाडौं, ४ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता आनन्दप्रसाद ढुंगानाले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक भएको भनेर आफ्नो पार्टीले पहिल्यै नै ठहर गरेको र अहिले आन्दोलित रहेको सुनाए ।

भोलि बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले नयाँ रणनीति सार्वजनिक गर्ने सुनाए । ढुंगानाले विगतमा राजनीतिक अस्थिरता भयो भनेर आफूहरुले प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउनेगरि संविधानमा व्यवस्था गरेको भएपनि प्रधानमन्त्री ओलीले हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै कडा आक्रोश पोखे ।

काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले भने, ‘हिजो हामीले अब आन्दोलन गर्न नपरोस, लोकतन्त्र र प्रजातन्त्रको लागि भनेर हाम्रा नेताहरुले रत्कपार्कमा भाषण गरेर हिँड्नभएको थियो । हामीले पनि त्यही चाहेका थियौं ।

नेकपाको आन्तरिक झगडाको कारणले संसद भंग गर्न पाईँदैन् । देशलाई बन्धक बनाउन पाईँदैन् । अब अस्थिरता नहोस, संसद भंग नहोस भनेर संविधानमा कहीँ पनि संसद भंग गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन् ।

तर, प्रधानमन्त्री ओलीले भंग गरिदिए । काम गर्न दिएन भन्नुहुन्छ ? यो उहाँको कमजोरी हो नि । यो त राष्ट्र र जनताको कमजोरी होइन नि । मैले धेरै काम गरें भन्नुहुन्छ, अनि फेरि मलाई काम गर्न दिइएन भन्नुहुन्छ । यो दोधारे कुरा हो ।’

प्रधानमन्त्री ओलीले दुई तिहाई पुर्याउनको लागि उपेन्द्र यादवलाई मन्त्री बनाएको र संविधान संशोधन गरिदिन्छु भनेको र त्यो केही पनि नगरेको पनि उनले सुनाए ।
उनले जनताले बहुमत दिँदा पनि नेकपा नेतृत्वको सरकारले काम गर्न नसकेको आरोप लगाए । उनले भने, ‘अब कम्युनिष्टलाई हामी भएको भए यसो गर्दथ्यौं भन्न सुहाउँदैन् ।’

उनले आगामी वैशाख १७ र २७ गते निर्वाचन भएन भने देश अन्धकारमा जाने पनि चिनता व्यक्त गरे । उनले भने, ‘देश अस्थिरता र अन्धकारमा जाने कुरा, त्यसको जिम्मेवारी कसले बोक्ने ? अहिलेको परिस्थिति जटिल परिस्थिति हो ।

कांग्रेसको आन्दोलन अन्तर्राष्ट्रिय लेभलले हेरिरहेको छ । हामीले पनि मूल्यांकन गरिरहेका छौं । को पदमा बस्ने ? को नबस्ने ? भनेर देशको सार्वभौमसत्तासम्पन्न संसद विघटन गर्न मिल्छ ?’

उनले विगतमा पनि आफूहरुले संयुक्त आन्दोलन गरेको स्मरण गर्दै भने, ‘विगतमा त हामीले संयुक्त आन्दोलन गरेकै हो नि । हामीलाई विश्वासलागिरहेको छैन् । बाँदरको हातमा नरिवलजस्तो गर्नुहुन्छ । कांग्रेसले एक्लै परिवर्तनको एजेण्डा बोकेको छ ।

निर्वाचन आयोगले काम गर्नैपर्छ । न्यायका लागि कांग्रेसले कबुल गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि छ । हामीले ओलीको कदम असंवैधानिक कदम हो ।

सर्वसत्तावादी सोच भनेको हो । हामी आन्दोलनमा अहिलेपनि छौं । भोलि रणनीति बनाउँछौं । नेपाली जनताको अधिकारसम्पन्न सर्वोच्च संस्था संसद विघटन गलत हो । कुनैपनि तानाशाहले गर्न खोज्यो भने कांग्रेसले छाड्दैन् ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV