४ फाल्गुन २०७७, मंगलवार

काठमाडौं, ४ फागुन । प्रहरीले अभद्र व्यवहारको आरोपमा विनयजंग बस्नेतलाई पक्राउ गरेको छ । सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएसँगै काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएका बस्नेत पक्राउ परेका हुन् ।

काठमाडौंमा बेवारिसे शव जलाउँदै आएका विनयजंग बस्नेत र सपना रोका मगरले एक–अर्काई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए ।

बस्नेतविरुद्ध बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार भएको भन्दै आइतबार काठमाडौं प्रहरी परिसरमा उजुरी दिएकी थिइन् ।

सपनाले बस्नेतसँग सहकार्य गर्दै बेवारिसे शव जलाउँदै आएकी थिइन् । साथै, म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV