४ फाल्गुन २०७७, मंगलवार
  • इन्दिरा चाम्लिङ,

जेनेभा (स्वीटजरल्याण्ड), ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल पक्षले ‘प्रवासी नेपाली एकता मन्च’को लागि स्वीटजरल्याण्डमा अच्युत प्रसाद फुयाँलको अध्यक्षतामामा समिति पुनर्गठन गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अन्तर्राष्ट्रिय समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाईं र सचिव श्रीप्रसाद साहको उपस्थितिमा आइतबार बसेको भर्चूअल बैठकले उक्त समिति पुनर्गठन गरेको हो ।

पहिले यस मञ्चको अध्यक्ष फुयाँल नै थिए । अहिले भने अच्युत प्रसाद फुयाँल अध्यक्ष र धर्म गुरुङ सचिव रहेको २१ सदस्यीय कमिटीको पुनर्गठन गरिएको हो ।

कमिटीको सदस्यहरुमा सुबास पोख्रेल, श्याम घले, आशिष फुयाँल, सन्जय मुड्भरी, सीता ओझा, सागर बिक, एलिना पोख्रेल, अशोक पान्डे, सन्जु बिडारी, कुमारी गुरुङ, फुटूङ्टूङ लामा, धिरज प्रधान, कमल केसी, दर्शन आचार्य, सोभाखर गौतम, सुरज रोय, हरि पाण्डे, केयरसिङ तामाङ र दावा पाख्रिन रहेका छन् ।

उक्त बैठकलाइ सम्बोधन गर्दै युवराज चौलागाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बिघटन गरेर प्रतिगामी कदम चालेको र उक्त प्रतिगामी कदमको सबैले शसक्त बिरोध गर्नुपर्ने बताए ।

अबको आन्दोलनले केपी ओली जस्ता प्रतिगमनकारी र तिनका मतियारलाई बढार्ने बताउदै प्रवासबाट पनि शसक्त आवाज उठाउन उनले निर्देशन दिए ।

त्यस्तै श्रीप्रसाद शाहले सम्पूर्ण प्रबास कमिटीको तत्कालीन अवस्थाको बारेमा सदस्यहरुलाई जानकारी गराए । उनले केपी ओलीले कम्युनिष्ट आन्दोलनप्रति गद्दारी गरेको र अहिलेको आन्दोलनबाट डराएर सरकार दमन र धरपकडमा उत्रिएको भन्दै रामकुमारी झाँक्री पक्राउ त्यसको उदाहरण भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV