४ फाल्गुन २०७७, मंगलवार

काठमाडौं, ४ फागनु । रत्न राज्य लक्ष्मी क्याम्पस (आरआर)मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल र ओली समूहका विद्यार्थीबीच झडप भएको छ ।

मंगलबार (आज) सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपाको दुई समूहका विद्यार्थीबीच झडप भएको हो ।

उक्त झडपमा परी दाहाल–नेपाल समूहका एक जना विद्यार्थी घाइते भएका छन् । जानकारी अनुसार कुटपिटमा परी दाहाल–नेपाल समूहका दीपक बस्नेतको दाँत भाँचिएको छ ।

उनले कुटपिटमा संलग्नलाई कारबाहीका लागि प्रहरीमा उजुरी दिएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV