४ फाल्गुन २०७७, मंगलवार

काठमाडौं, ४ फागुन । पञ्चमी पञ्चमी (श्रीपञ्चमी)काे अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा लगायतले वसन्त श्रवण गरेका छन् ।

वसन्तपुर दरबार क्षेत्रमा आयोजित वसन्त श्रवण समाराेहमा विधिपूर्वक वसन्त श्रवण एवं प्रसाद ग्रहण गरिएकाे हाे । हेरक वर्ष वसन्त पञ्चमीको दिन राष्ट्रप्रमुख एवं विभिन्न उच्च पदस्थ व्यक्तिहरुले वसन्त श्रवण गर्ने प्रचलन छ । यस वर्ष मंगलबार १०ः१७ बजेकाे साइतमा हनुमानढोका स्थित नासल चोकमा आयोजित समाराेहमा वसन्त श्रवण गरिएकाे हाे ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV