४ फाल्गुन २०७७, मंगलवार
  • सन्तोश पौडेल

खोटाङ, ४ फागन । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –२ सोल्लमास्थित छेकालुङ खोलामा ट्याक्टर दुर्घटना हुँदा खोटेहाङ गाउँपालिका–१ का अन्दाजी १९ वर्षीय सञ्जिव खड्काको घट्ना स्थलमै मृत्यु भएको हो ।

मंगलबार विहान ११ बजेको समयमा दिक्तेल बाट आफन्तको घर गएर फर्कने क्रममा को २ त ८५७९ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । तिर्वगतिका कारण घुम्तिमोडमा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रवक्ता गोविन्द साहले बताउनुभयो ।

ट्याक्टर चालक नाम खुल्न नसकेको साथै चालक फरार रहेका छन्भने सहसचालक घाइते रहेको बताइएको छ । ट्याक्टरको इन्जिन पल्टिएको प्रहरीले जनाएको छ ।

मृतकको सव जेसिविको साहायताले निकालेर शव परिक्षण गर्नका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको प्रहरीे प्रवक्ता साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV