४ फाल्गुन २०७७, मंगलवार
  • दान बहादुर बुढा

मुगु, ४ फागुन । जिल्लामा रहेको एक मात्र अन्तरदेशीय नाका नाक्चेलाग्ना भन्सार २ वर्षदेखि कार्यालय सहयोगीको भरमा सन्चालन हुदै आइरहेको छ ।

मुगु जिल्लाको उतरी नाका नाक्चेलाग्ना भन्सार कार्यालयमा कर्मचारीहरु नियमित कार्यालयमा नबस्नाले २ बर्षयता २ जना कार्यालय सहयोगीहरुको जिम्मामा मात्रै सन्चालन हँुदै आईरहेको छ ।
भान्सार कार्यालय सन्चालनको लागी सिमा नाकामा रहेको मुगु गाँउमा एक घर र गागढी बजारमा एक घर गरी दुई घर भाडामा लिई नियमित घर बहाल तिरिरहेका छन । तर दरबन्दिका अनुसारका नायव सुवा र दरिदार नहुँदा जिल्लामा बस्दै आइरहेका २ जना कार्यालय सहयोगीले कार्यालय चलाइरहेका छन् ।

अन्य भान्सार कार्यालयजस्तो सरकारको लक्ष्य अनुसार राजश्व नउठनु हुनाले मुगु भान्सार कार्यालयबाट राजश्व गत वर्ष र यो वर्ष शुन्य रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय मुगुका कार्यालय प्रमुख लक्ष्मी चन्द्र हमालले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV