४ फाल्गुन २०७७, मंगलवार
  • वाशु श्रेष्ठ 

धादिङ्ग, ४ फागुन । जिल्ला वेनिघाट रोराङ्ग गाउँपालिका वडा नं. २ सिमथलीका चेपाङ्गहरु मात्र अध्यन गर्ने प्रजा आधारभुत विद्यालयका विद्यार्थीहरुलाई जुत्ता पोसाक र स्टेशनरी सामाग्री सहयोगी महिला जागरण मञ्च काठमाण्डौले वितरण गरेको छ ।

धादिङ्ग जिल्लाको सदरमुकाम अनि पृथ्वीराजमार्गबाट दक्षिण भेगमा पर्ने सिमथलीमा विषेश गरी चेपाङ्गहरुको वसोबास रहेको छ । सिमान्तकृत जाति चेपाङ्गहरुको आर्थिक कमजोर भए पछि बालबालिकाहरु विद्यालय जादा नत खुट्टामा जुत्ता हुन्थ्यो नत विद्यालय पोसाक नै उनीहरु नाङगो खुट्टा र विद्यालय पोशाक विना विद्यालय जान बाध्य थिए । त्यसकै मध्य नजर गरी सहयोगी महिला जागरण मञ्च काठमाण्डौले १ सय ३५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक र स्टेशनरी सामाग्री वितरण गरेको हो ।

समाज सेवी रुपा शाही बास्तोलाको विषेश सहयोगमा सहयोगी महिला जागरण मञ्च काठमाण्डौले उक्त पोशाक स्टेशनरी सामाग्री वितरण गरेको थियो । समाज सेवी रुपा शाही बास्तोलाले आर्थिक अवस्था कम्जोर भएका दुख पाएका गरिव विपन्नता भएका विषेश छोरीहरुलाई बास्तोलाले अध्ययपन गराउदै आउनु भएको छ ।

सहयोगि महिला जागरण मञ्चले वेनिघाट रोराङ्ग गाउँपालिका वडा नं. ३ खानिगाउँमा रहेको तिनकन्या आधारभुत विद्यालयका २ परिवारका ८ विद्यार्थीहरुलाई खाद्यान र स्टेशनरी सामाग्री समेत वितरण गरेको थियो ।

सहयोगी महिला जागरण मञ्च काठमाण्डौका अध्यक्ष राधा श्रेष्ठ, समाज सेवी रुपा शाही बास्तोला, रेश्मा बास्तोला, रोशन श्रेष्ठको विषेश उपस्थिती रहेको थियो । समादायिक विद्यालयहरुमा विषेश गरी गरिव विपन्नता भएका विद्यार्थीहरु अध्यन गर्दै आएका छन् । नेपाल सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क शिक्षा दिने भने ता पनि गरिवीको कारण विद्यालय पोशाक र शैक्षिक सामाग्री समेत उपलव्ध गराउन नसक्ने हुदा निःशुल्क शिक्षाले मात्र प्रभाव कारी नहुन सक्छ त्यसैले गरिव विपन्नता भएका विद्यार्थी पहिचान गरी सम्पुर्ण खर्च सरकारले नहेर्ने हो भने निःशुल्क शिक्षा नारामा मात्र सिमित नहोला भन्न सकिन्न । त्यसैले यस तर्फ नेपाल सरकार र स्थानिय सरकारले ध्यान दिन आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV