४ फाल्गुन २०७७, मंगलवार
  • विनय तिम्सिना

इलाम, ४ फागुन । इलामको तिल्केनीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार साँझ ८ बजेको समयमा जिल्ला इलाम नगरपालिका ७ तिल्केनि मोड स्थित मेची राजमार्गमा इलाम बजारबाट गोलाखर्क तर्फ जादै गरेको मे १ ह ३०२२ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटना भएकाे हाे ।

अटाे बाटोबाट १५ मिटर तल झरी दुर्घटना हुँदा अटो चालक जिल्ला ईलाम ईलाम नगरपालिका ९ बस्ने २० वर्षका अबिकल सुन्दास धाईते भएका थिए । उनलाई  इलाम अस्पतालमा उपचारका लागि ल्याईएकोमा सो अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागी सोही राति नोवेल अस्पताल, बिराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

अहिले उनकाे शव जिल्ला अस्पताल इलामको शवगृहमा राखिएको र अटो घटना स्थलमा नै रहेको तथा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलाममले जानाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV