३ फाल्गुन २०७७, सोमबार

भक्तपुर, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेर असंवैधानिक र अलोकतान्त्रिक कदम चालेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर सरकारविरुद्ध प्रर्दशन एवं विरोध सभा गरिरहेको छ ।नेपाली कांग्रेसले आज देश भरका ७७ वटै जिल्लामा तेस्रो चरणको अन्तिम विरोध प्रदर्शन गरेको छ । भक्तपुरमा भएको विरोध सभामा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेर सत्ता कव्जा गर्न खोजेको आरोप लगाए ।नेकपा भित्रको आन्तरिक कलह केवल सत्ता प्राप्तीको लागि मात्रै भएको उनले बताए । कम्युनिस्टहरु केवल सत्ता कब्जा गर्ने र निरंकुश शासन चलाउन खोज्ने खेलमा लागेका कारण मुलुक अहिले अन्धकारमा धकेलिएको भनाए उनले राखे ।

 

नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमको सूरुदेखि विरोध गरिरहेको बताउँदै उनले अदलतले संसद भंग गर्ने निर्णयलाई सदर गरिदिएमा चुनावमा जान पनि तयार रहेको बताए ।

यदि अदालतले तार्किक कारणसहित संसद भंग भएको आदेश दिएमा बैशाख १७ र २७ गते को चुनाव गर्नैपर्ने बाध्यतामा प्रधानमन्त्री ओली रहेको र चुनाव गराउन सकेन भने देशको लागि अर्को खतरा हुने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV