३ फाल्गुन २०७७, सोमबार

काठमाडौं, ३ फागुन । सरकारले फागुन ६, ७ र ८ गते प्रजातन्त्र दिवस हार्सोल्लासका साथ मनाउने निर्णय गरेको छ । सोमबार गत माघ २६ गते प्रजातन्त्र दिवस मनाउने सम्बन्धमा बसेको छलफलजनिकका निर्णयहरु सार्वजनिक गरिएको छ ।

७१औं प्रजातन्त्र दिवस मनाउन गठन भएको मुल समारोह समितिको प्रचार प्रसार उपसमितिका सचिव एवम संचार तथा सुचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको संयोजकत्वमा माघ २६ मा बैठक बसेको थियो ।

बैठकले उपसमितिका सबै सदस्यहरुले निर्णयहरु उच्च प्रथामिकतामा राखेर कार्यान्वयन गराउने भनिएको छ । त्यस्तै दिवसको दिन काठमाडौं महानगरपालिकाका बजारहरुमा शुभकामना डिस्प्ले बोर्ड प्रशारण गर्ने निर्णय भएको जनाइएको छ । जसका लागि काठमाडौं महानगरपालिकाको समोन्वय रहने साथै दुरसंचार प्राधिकरण, नेपाल टेलिकम र राष्ट्रिय सुचना प्रविधि केन्द्रले त्यसको आवश्यक व्यवस्था मिलाउने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV