३ फाल्गुन २०७७, सोमबार

काठमाडाैं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको कबुल पूरा गर्न नदिएपछि पुन: जनताबीच जान लागेको बताउनुभएको छ । आफू नेतृत्वको सरकारले तीन वर्षको अवधिमा गरेका कामबारे सिंहदरबाट जानकारी दिँदै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनुभएको हो ।

‘आफ्नै दलभित्रका आफ्नै सहकर्मीहरुले चल्नै नदिने खालको स्थिति, तनापूर्ण जटिल अवस्था सिर्जना गर्नुभएपछि राष्ट्रप्रति जिम्मेवार हुँदै फेरी जनताका बीच जाने निर्णय गरेँ’, उहाँले भन्नुभयो, ‘जनताले सुम्पिएको जिम्मेवारीमा बहुमतको सरकार भइसकेको परिस्थितिमा पनि केही प्रवृतिहरुले हिजो गरेको कबुल पूरा गर्न दिएनन् ।’

उहाँले अगाडि थप्नुभयो– ‘जनताले जुन मेरो अगुवाइ र मेरो नेतृत्व र मेरा पहलहरुमाथि विश्वस जनाउनुभएको थियो । त्यो विश्वसर फेरी मैले जनताको बीचमा व्यवधानकरीहरुलाई असफल पार्दै जानु र त्यो विश्वस दिलाउन आवश्यक थियो । त्यसकारण मैले जनातकाबीचमा जाने निर्णय गरे ।’

उहाँले अफ्नै पार्टीका नेताहरु आफ्नो जिम्मेवारी पूरा गर्न नदिएको गुनासो सुनाउनभयो । उहाँले भन्नुभयो, ‘तपाइहरुले जुन जिम्मेवार दिनुभएको थियो त्यो जम्मिेवारी पूरा गर्न दिइएन, तपाईंहरुको अगडि मैले जुन कबुल गरेको थिए त्यो कबुल पूरा हुन दिइएन । त्यसकारण म पुन जनताबीचमा जाने निणर्यमा पुगे र एउटा नयाँ कदम चाले ।

समय अगावै निर्वाचनको बाटोमा जान नपरोस् भनेर आफूले धेरै कोशिस गरेपनि अन्तिमममा बाध्य भएर प्रतिनिधि सभा विघटन गर्नुपरेको प्रधामन्त्रीले दाबी गरे । उनले भने, ‘आफ्नो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्रीविरुद्ध अचानक, निराधार र झुठा प्रचार गरेर सरकारविरुद्ध हमला गरियो । ’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV