३ फाल्गुन २०७७, सोमबार

विराटनगर, ३ फागुन । नेकपा प्रचण्ड–माधव समूहद्धारा  प्रदेश १ को तेस्रो वार्षिकोत्सव कार्यक्रम बहिष्कार गरिएको छ । सोमबार आयोजित तेस्रो वार्षिकोत्सव कार्यक्रममा प्रचण्ड–माधव पक्षका कोही पनि प्रदेश सांसद उपस्थित भएका छैनन् ।

वार्षिकोत्सव कार्यक्रममा नेकपा ओली पक्षधर मात्र उपस्थित भएको जनाइएको छ । त्यस्तै, वार्षिकोत्सवमा नेपाली कांग्रेसका तर्फबाट सांसद विन्दिया कार्की सहभागी मात्र भएकी छन् ।

कार्यक्रममा प्रदेश सरकारले २३२ बुँदे उपलब्धि सार्वजनिक गर्ने जनाइएको छ । प्रदेश प्रमुख सोमनाथ प्यासीले उपलब्धि समेटिएको पुस्तिका सार्वजनिक गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV