२ फाल्गुन २०७७, आईतवार
  • विवेक राई,

भोजपुर, २ फागुन । अव्यवस्थित तारका कारण भोजपुर सदरमुकाम कुरुप र संवेदनशील बने पनि सरोकारवाला निकायले चासो दिएको छैन ।

सरोकारवाला निकायले तार व्यवस्थापनमा चासो नदिदाँ सम्भावित जोखिमको खतरा पनि उत्तिकै बढेको छ ।

बैंकरोड, डाँडागाउँ, चारभञ्ज्याङ, पानीट्याङ्की लगायत भोजपुर सदरमुकामका मुख्य बजार क्षेत्रभित्रका हरेक गल्ली र चौकमा रहेका जोखिमपूर्ण अवस्थाका विजुली, ईन्टरनेट र टेलिफोनका तारहरुले जोखिम बढाएको छ ।

यस्ता अव्यवस्थित तार विशेषगरी भूकम्प, आगालागी, हावाहुरी जस्ता प्राकृतिक विपत्मा झनै जोखिम हुने गरेको छ । तर, तार व्यवस्थापनमा सम्बन्धित निकायले पनि वेवास्ता गर्दै आएको छ ।

विद्युत्त प्राधिकरणका कर्मचारीलाई पनि कुन सेवाग्राहीको कुन तार हो भन्ने छुट्याउन पनि मुस्किल हुने गरेको स्थानीय बताउँछन् ।

बजारका विद्युत्त विस्तार लाईनहरु अन्य ईन्टरनेट कम्पनी र नेपाल टेलिकमले एकै स्थानमा तार व्यवस्थापन गर्दा यस्तो समस्या आएको नेपाल विद्युत्त प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख सुधिर कुमार रायले बताए ।

साँघुरिएको बजारक्षेत्रका सडकमा टाँगिएका होचा तारहरु ठूला मालबाहक सवारीसाधनले चुँडाउने, बिगार्ने हुँदा लाइन सर्ट हुने जोखिम उत्तिकै मात्रामा देखिन्छ ।

तार व्यवस्थापनमा प्राधिकरण, टेलिकम र ईन्टरनेट कम्पनीले वेवास्ता गर्दा सम्भावित दुर्घटनाको जोखिम मोल्न बाध्य रहेको स्थानीय सरोकारवालाहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV