२ फाल्गुन २०७७, आईतवार

काठमाडौं, २ फागुन । ‘भ्यालेन्टाइन–डे’को अवसर पारेर लोकप्रिय गायक अपाथ माप्छनले ‘जुन त्यो जुन’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

अपाथ माप्छन र गायिका एलिना चौहानको स्वर रहेको गीतमा वैँशालु उमेरमा प्रेम रोमान्समा मस्त हुने र जानेर नजानेर गहिरो प्रेममा पर्ने युवा युवतीको कथालाई देखाउन खोजिएको छ ।

भिडियोमा नायक तथा मोडल निराजन प्रधान र चर्चित मोडल एलिसा राईको अभिनय देख्न सकिन्छ । निराजन र एलिसाले आफ्नो प्रेमलाई सफल पार्नका लागि एक भएर अघि बढेका दृश्यलाई कलात्मक शैशीमा निर्देशक सोनम पाख्रिनले देखाउन सफल भएका छन् ।

कमल राईको शब्द तथा संगीत रहेको गीतमा एरेन्ज पनि कमलको नै रहेको छ । बुद्ध थापाको छायांकन रहेको गीतमा सुशील न्यौपानेको सम्पादन रहेको छ ।

रिदम स्क्रिन क्रियशनको च्यानलबाट सार्वजनिक गरिएको भिडियोले राम्रो प्रतिक्रिया पाइरहेको निर्माण यूनिटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV