२ फाल्गुन २०७७, आईतवार
  • सुमन कार्की,

पाल्पा, २ फागुन । युवा गायक शीतल लामिछाने मगरको नयाँ लोक गीत सार्वजनिक भएको छ । कमल भट्टराईको शब्द तथा लोक दुनियाको साथी प्रेम लामिछाने मगरको संगीत रहेको ‘कसले रोक्यो मेरो हुनमा’ गीतको भिडियो सावजनिक गरिएको हो ।

गीतलाई पदम बीसीले एरेञ्ज गरेका हुन् । गोविन्द ओलीले रेकर्ड गरेका यस गीतलाई सञ्जय श्रीपालले मिक्सिङ/मास्टरिङ गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा जुना गुरुङ र प्रेम लामिछाने फिचर्ड छन् ।

काजी श्रेष्ठको निर्देशनमा तयार पारिएको गीतको भिडियोलाई राजेश घिमिरेले छायाङ्कन तथा दीपक विष्टले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV