२ फाल्गुन २०७७, आईतवार
  • कविन्द्र शेर्मा

यासोक, २ फागुन । पाँचथरको कुम्मायक गाउँपालिका १ का अग्नी पीडित २ घर परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

रोजगारीको शिलशिलाको क्रममा दक्षिण कोरिया पुगेका नेपालीहरुले रकम संङ्कलन गरि कुम्मायक १ का २ घर परिवारलाई ५० हजार ५ सयको दरले नगद प्रदान गरिएको हो ।

कुम्मायक १ का भेषराज थापाको समन्वयमा रोजगारीको शिलसिलामा दक्षिण कोरिया पुगेका उपेन्द्र थापाको अगुवाईमा १ लाख १ हजार रुपैयाँ नगद सङ्कलन भएको हो ।

समन्वयकर्ता भेषराज थापाका अनुसार रोजगारीको शिलसिलामा कोरिया बसेका २५ जना र दुबईमा बसेका २ जना नेपालीहरुबाट सो रकम सङ्कलन भएको हो । सङकलित रकम पीडितका घरमै पुगेर समन्वयकर्ता भेषराज थापाले प्रदान गर्नु भएको थियो ।

पीडित २ घर परिवारलाई गाउँपालिकाको तर्फबाट २५ हजारका दरले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरि सकेको छ भने रेडक्रस शाखा पाँचथरबाट लत्ता कपडा खाद्यन सामाग्री पनि वितरण गरी सकेको छ ।

त्यस्तै नेकपा कुम्मायक कमिटीको पहलमा २८ हजार नगद र खाद्यन्न समेत वितरण गरेको छ भने कुम्मायक गाउँपालिका वडा नम्बर १ ले जस्तापाता प्रदान गर्ने १ नम्बर वडा अध्यक्ष देबेन्द्र कुमार लावतीले बताउनु भयो ।

सबैतिर बाट सहयोग जुटेपछि पीडितका दिनचार्य सामान्य हुँदै गएका छन् । गत पुष २६ गते स्थानीय कृष्णबहादुर थापा र डिगबहादुर थापाको दुई घरमा आगलागी हुदाँ करिब ७० लाख बराबरको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV