२ फाल्गुन २०७७, आईतवार

एजेन्सी, २ फागुन । कोरोना भाइरसको कारण न्यूजील्याण्डको सबैभन्दा ठूलो शहर अकल्याण्डमा लकडाउन गरिएको छ ।न्यूजील्याण्डका प्रधानमन्त्री जेसिन्डा अर्डेन्टले त्यहाँ कोरोना भाइरसको तीन नयाँ घटना पत्ता लाग्ने बित्तिकै अकल्याण्डको सम्पूर्ण शहरमा तीन दिनको लकडाउन गर्ने आदेश दिएका छन्। कोरोना भाइरसलाई नियन्त्रणमा लिन न्युजिल्यान्डको उच्च रणनीतिको लागि प्रशंसा गरिएको छ । धेरै महिनासम्म त्यहाँ कोरोना भाइरसको सामुदायिक प्रसारण हुन दिएन ।

गत वर्ष कोरोना महामारीको सुरुआतमा न्यूजील्याण्डले सबै सिमानाहरू बन्द गरेको थियो । करिब ५० लाख जनसंख्या भएको न्यूजील्याण्डमा कोरोना संक्रमण २३ सय जनामा मात्र देखिएको छ, भने २५ व्यक्तिको मृत्यु मएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV