२ फाल्गुन २०७७, आईतवार

काठमाडौं, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा प्रचण्ड-माधव समुहलाई साथ दिएका तिलोत्तमा नगरपालिका प्रमुख र उपप्रमुख आइतबार ओलीसमुहमा प्रवेश गरेका छन् ।

आइतबार एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरीदेवी चौधरीले प्रचण्ड-नेपाल समुह परित्याग गरि ओली समुहमा प्रवेश गरेको घोषणा गर्नुभएको छ ।

रुपन्देहीकोका केन्द्रीय तहका नेता घनश्याम भुसाल निकटका मानिएका प्रमुख घिमिरे र चौधरी ओली पक्षमा लागेपछि अहिले रुपन्देहीमा राजनीतिक तरङ्ग छाएको छ । यसअघि प्रचण्ड-नेपाल समुहले गरेको संसद विघटनबिरुद्ध भएको कार्यक्रमको नेतृत्व घिमिरे र चौधरीले नै गरेका थिए ।

आइतबार भएको पार्टी प्रवेश कार्यक्रममा नगर भित्रका बिभिन्न कार्यपालिकाहरुका सदस्यहरुले ओली समुहमा प्रवेश गरेको बताएका थिए । शुक्रबार बुटवलमा आयोजित ओली समुहको सभापछि रुपन्देशीका प्रचण्ड-नेपाल समुहका नेताहरु ओली समुहमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV