२ फाल्गुन २०७७, आईतवार

काठमाडौँ, २ फागुन । प्रतिनिधि सभा विघटनविरुद्ध निरन्तर आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको बैठकले चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलनमार्फत् फागनु ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको छ ।
९ गते उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरुको प्रदर्शन गर्ने समितिले जनाएको छ ।

प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै आन्दोलनरत यस समूहले अझै सशक्त रुपले संघर्षका कार्यक्रम अघि बढाउने जनाएको छ । यसअघि यस समूहले तीन चरणका आन्दोलन सम्पन्न गरिसकेको छ । जस अनुसार तेस्रो चरणमा माघ १३ गतेदेखि माघ २८ गतेसम्म विभिन्न विरोध कार्यक्रम, धर्ना तथा जनसभाहरू सम्पन्न गरेको थियो ।

गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेयता नेकपाभित्रैबाट असन्तुष्ट समूहले विरोध गर्दै आएको छ । वैधानिक रुपमा अलग नभइसके पनि नेकपा प्रचण्–प्रचण्ड माधव समूहले प्रधानमन्त्रीको उक्त असंवैधानिक रहेकाले प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै आन्दोलन गरिरहेको हो ।

हेर्नुस् कार्यक्रम तालिका-

तस्वीर : महेश्वर के.सी.,

प्रतिक्रिया दिनुहोस्

LIVE TV