२ फाल्गुन २०७७, आईतवार

ललितपुर, २ फागुन ।  नेपाल बङ्गलादेश बैंकले एटीएम विस्तारको क्रममा खाेकनामा नयाँ एटीएम सञ्चालनमा ल्याएकाे छ ।

ललितपुर नगरपालिका- ४, खोकनास्थित शाखामा बैंकले आफ्नो ८१औं एटीएम मेसिनकाे माघ २९ गते औपचारिक रुपमा उद्घाटन गरेको हाे । उक्त एटीएमको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले गरेका थिए ।

यससँगै बैंकका शाखा ९९ पुगेका छन् भने ७ एक्सटेन्सन काउन्टर र ८१ वटा एटीएमबाट बैंकले बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV