२ फाल्गुन २०७७, आईतवार

एजेन्सी, २ फागुन । स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले शान्दार जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले एलाभेसलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई शान्दार जित दिलाउनको लागि कप्तान लियोनेल मेस्सी र ट्रिन्काओको समान दुई/दुई गोल गरे भने एक गोल जुनियर फिर्पो थपे । एलाभेसका लुइस रिओजाको गोल सान्त्वना बन्यो ।

खेलको २९औं मिनेटमा बार्सिलोनाले ट्रिन्काओको गोलबाट अग्रता बनाएको थियो । उनले मोरिवाको पासमा गोल गरेका थिए । ३६औं मिनेटमा कप्तान मेस्सीले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

पहिलो हाफको इन्ज्युरी समयमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । उनले सर्जियो बुस्क्वेट्सको पासमा गोल गरेका थिए ।

५७औं मिनेटमा लुइस रिओजाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

७४औं मिनेटमा ट्रिन्काओले मेस्सीको पासलाई गोल गर्दै बार्सिलोनालाई ३–१ को अग्रता दिलाए । त्यसको एक मिनेट नबित्दै कप्तान मेस्सीले एन्टोइन ग्रिजमनको पासमा गोल गर्दै खेललाई ४–१ को आरामदायी अवस्थामा ल्याए ।

८०औं मिनेटमा जुनियर फिर्पोले ग्रिजमनको पासमा गोल गर्दै बार्सिलोनालाई ५–१ को फराकिलो जित दिलाए ।

यो जितसँगै बार्सिलोना २२ खेलबाट ४६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान ४६ अंक नै रहेपनि गोल अन्तरमा रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको एट्ल्टिको म्याड्रिडको २१ खेलबाट ५४ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV