१ फाल्गुन २०७७, शनिबार
  • सुरेश श्रेष्ठ,

दाङ (तुलसीपुर), १ फागुन । तुलसीपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्व छनौट गर्नका लागि शनिवार (आज) मतदान भएको छ । कुल १ हजार ८ सय ११ मतदाता मध्य १ हजार ६ सय ५९ मत खसेको निर्वाचन संयोजक प्रबिण लम्सालले जानकारी दिए ।

निर्वाचन संयोजक लम्सालका अनुसार १ सय ५२ जना मतदाता भने मतदान गर्न आएनन् । नयाँ नेतृत्व चयनका लागि सुरुमा शनिवार बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्मको समय निर्धारण गरिएको थियो ।

तर, उक्त समय अपुग भएको समझदारीपछि पुनः डेढ घन्टा समय बढाएर बेलुका साढे ५ बजेसम्म समय लम्ब्याइएको थियो । यद्यपि साढे ५ बजेभित्र तुलसीपुर बजारस्थित संघको कार्यालय हाताभित्र प्रबेश गरि लाइनमा बसेकाहरुलाई मतदान गर्न दिइएको थियो ।

बेलुका करिब ७ बजेसम्म मतदान भएको थियो । अब केही बेरमा खाना खाइसकेपछि आचारसंहिता बनाएर बेलुकीदेखि नै मतगणनाको काम सुरु हुने जानकारी दिइएको छ । परिणाम भने आइतबार बिहानसम्म आउने अपेक्षा गरिएको छ ।

संघको नयाँ नेतृत्वको लागि पूर्व अध्यक्ष टेकनप्रशाद बस्नेत (हिमाल) र संघका हालका बरिष्ठ उपाध्यक्ष रामप्रशाद चालिसेबीच अध्यक्ष पदका लागि भिडेका छन् ।

बस्नेतलाई नेपाली काँग्रेस र चालिसेलाई नेपाल कम्युष्टि पार्टी (नेकपा)ले उम्मेदवारीका रुपमा प्रस्तुत गरेको थियो । यी दुईको नेतृत्वमा दुई पार्टीले उम्मेदवार मैदानमा उतारेका छन् ।

यद्यपि स्वतन्त्र रुपमा पनि महासचिव, कोषाध्यक्ष र सदस्य पदमा पनि छुट्टै उम्मेदवारी परेको छ । तुलसीपुरमा हालसम्म प्रजातान्त्रिक उद्योगीको बचश्र्व कायम रहँदै आएको भएपनि यसपटक के–कसले बाजी मार्ला ? भनेर अड्कल बाजीहरु भइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV