१ फाल्गुन २०७७, शनिबार

काठमाडौं, १ फागुन । ‘भ्यालेन्टाइन–डे’लाई लक्षित गरेर संगीतप्रेमीहरुका लागि प्रेमिल शैलीका म्युजिक भिडियोहरु नेपाली संगीत बजारमा आउने क्रम जारी छ ।

यसै क्रममा अमेरिकामा रहेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका युवा गायक प्रविन राजथलाले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘कान्छीको सम्झनामा’ सार्वजनिक गरेका छन् ।

विदेशमा रहेर स्वदेशमा रहेकी आफ्नी प्रियशीलाई समर्पित गर्दै लेखिएको यस गीतमा स्वयंम गायक प्रविन राजथलाको शब्द, संगीत रहेको छ। यस गीतलाई जोयस गुरुङले संगीत संयोजन गरेका हुन्।

राजधानीको बसन्तपुर र अन्य रमणिय ठाउमा छायांकन गरिएको यस भिडियोमा एलिश राई र गीता ढुंगाना बीचको प्रेम अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ ।

भुपेन्द्र तुम्बाहाम्फेले छायांकन गरेको यस भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन् । एलिजा महर्जन निर्मात्री रहेको यस भिडियोलाई सत्यराज चौलागाईको निर्देशनमा तयार पारिएको हो ।

गायक राजथलाको आधिकारिक च्यानल पीआर म्युजिक मार्फत भिडियो सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV