१ फाल्गुन २०७७, शनिबार

काठमाडौं, १ फागुन । ‘भ्यालेन्टाइन–डे’को अवसर पारेर प्रेमिल शैलीको ‘नरहे यो जिन्दगीँ गीतको म्युजिक सार्वजनिक भएको छ।

यस गीतमा स्वर गायिका गंगा गजमेरको रहेको छ । गीतमा शब्द गोपाल लोहारको रहेको छ, भने संगीत मानसी
किरणको रहेको छ।

युवा युवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतको म्युजिक भिडियोमा रोशनी कार्की र सञ्जय बिक फिचर्ड छन् । दिनेश पराजुलीले भिडियोलाई छायांकन गरेका हुन् ।

भीमा लोहार निर्मात्री रहेकी यस भिडियोलाई उत्तर राना मगरको सम्पादन र निर्देशनमा तयार पारिएको हो । गोलो प्रडक्शनको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

यसअघि गायिका गजमेरले ‘स्वरादी’ गीति संग्रह, ‘फुलसरी माया फुल्यो’, ‘माया मोहनी’लगायतका थुप्रै म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेकी छिन् ।

भर्खरै सार्वजनिक म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन गायिका गजमेरले सबैलाई आग्रह पनि गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV