१ फाल्गुन २०७७, शनिबार

काठमाडौं, १ फागुन । जनयुद्ध दिवसको अवसरमा पूर्वजनमुक्ति सेना नेपालका करिब छ सयभन्दा बढी पूर्वलडाकुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपालाई साथ दिएका छन् ।

बुटवलमा ओली पक्षधरले प्रदेशस्तरको आमसभा सुरु गर्नु अघि पूर्वमाओवादी लडाकुको राष्ट्रिय भेलाको आयोजना गरेको थियो । उक्त कार्यक्रममा पूर्वलडाकुको समूहले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपालाई साथ दिने घोषणा गरेको हो ।

पूर्वजनमुक्ति सेनाका संयोजक तथा तत्कालीन छैंटौं डिभिजन कमाण्डर दूर्गा चौधरी सन्तोषको नेतृत्वमा करिब छ सय पूर्वलडाकु बुटवलमा जम्मा भएर राष्ट्रिय भेलाको आयोजना गरेका हुन् ।

त्यो भेलामा गण्डकी, लुम्बिनी र सुदुरपश्चिम क्षेत्रका पूर्वलडाकु वुटवलमा जम्मा भएका थिए । उक्त जनमुक्ति सेनाको भेलालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री टोपबहादुर रायमाझी र उद्योगमन्त्री लेखराज भट्टलगायतले बिशेष सम्बोधन गरेका छन् ।

पूर्वकमाण्डर चौधरीले शिविर घोटला छानविन गर्न सरकारलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV