१ फाल्गुन २०७७, शनिबार

एजेन्सी, १ फागुन । फ्रान्सकी एक महिला आफू जिउँदै रहे पनि आधिकारिक रुपमा मरिसकेँकी छिन् ।लियोननजिकै बस्ने ५८ वर्षीया महिला अहिले आफू जिउँदै रहेको प्रमाणित गर्न सङ्घर्षरत रहेको जनाइएको छ । बीबीसीका अनुसार उनको परिचयपत्र र चालक अनुमतिपत्रको बैधता बाँकी छैन, उनको सामाजिक सुरक्षा नम्बर रद्द गरिएको छ र स्वास्थ्य बीमाको पनि अवधि गुज्रिसकेको छ।

उनले आफू अदालत र सरकारी निकाय लगायत सबैका लागि मरिसकेको बताएकी छन् आफूलाई एउटा नारकीय चक्रमा गुडुल्किएको महसुस हुने गरेको उनले फ्रान्सको एउटा स्थानीय टेलिभिजन च्यानलसँग बताएकी छन् ।

अहिले उनी घर भन्दा बाहिर निस्कन छोडिसकेँकी छिन् । यदि गएमा पक्राउ वा केही समस्यामा परेँ भने के हुन्छ यसको उत्तर उनीसंग नभएको बताएकी छन् । खाद्यान्न किन्न जानुपर्‍यो भने उनी आफ्नो अनुहार अरुलाई नदेख्ने गरी वा पसल बन्द हुनेबेला जाने गरेकी जनाएकी छन् । उनी थोरै सामान किन्नका लागि गएर फर्किहाल्ने गरेकी छन् ।

उनको पतिले किनमेल गर्ने गरेको र उनी बिहान उठ्ने वितिकै दिन चाँडै कटोस भन्ने चाहान्छिन् । आधिकारिक अभिलेखमा जानको मृत्यु भएको तीन वर्ष भइसकेको बताइएको छ ।

जान सरसफाइ गर्ने एउटा कम्पनी चलाथिन् । उनी लगभग २० वर्षअघि उनकी पूर्वकर्मचारी जागिर गुमाएकोमा क्षतिपूर्ति चाहन्थिन्। सन् २०१७ मा लियोनको अदालतले क्षतिपूर्ति दिनुपर्ने तर सफाइ गर्ने कम्पनीको व्यवस्थापकको मृत्यु भइसकेको भनेर फैसला नसुनाउँदासम्म उक्त मुद्दा फ्रान्सको कानुनी प्रक्रियामा वर्षौँसम्म रुमलिइरह्यो।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV