१ फाल्गुन २०७७, शनिबार

काठमाडौं, १ फागुन । ब्लहmगक ःगकष्अ नामक म्युजिक प्रोडक्सन टिमले बिश्वभरीनै चर्चित ट्यूनमा म्युजिक भिडियो ‘दूरी मजबुरी’ सार्वजनिक गरेको छ । सार्वजनिक ‘दूरी मजबुरी’ गीतलाई सीडी विजय अधिकारी र प्रविशा अधिकारीले स्वरबद्ध गरेका छन् ।

सार्वजनिक ‘दूरी मजबुरी’ गीतमा गायक सीडी विजय अधिकारीको आफ्नै शब्द, संगीत र कम्पोज रहेको छ । गीतलाई सुरेश राईले रेकर्ड गरेका हुन् ।

टिकटक, भ्लग, युट्यूबलगायत थुप्रै स्थानमा निकै चर्चित भइसकेको उक्त ट्यूनमा सार्वजनिक गरिएको गीतको भिडियोमा सुधिर श्रेष्ठ, आशु न्यौपाने, सरोज खनाल, रश्मी भट्ट, उत्तम श्रेष्ठ र दीपकराज पाठक फिचर्ड छन् ।

सन्तोष राजबाहकको कोरियोग्रँफी रहेको उक्त भिडियोलाई उत्तम श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायाङ्कन गरेका हुन्, भने अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV