१ फाल्गुन २०७७, शनिबार

काठमाडौंँ, १ फागुन । अहिले बजारमा ‘फ्रोजन फुड’ को लोकप्रियता बढ्दै गइरहेको छ ।

‘फ्रिज’मा भण्डार गरिएको वा ‘फ्रिजिङ’ प्रक्रियाद्वारा सुरक्षित गरिएको खाना ‘फ्रोजन फुड’ हो । सजिलो तथा समय बचतको हिसाबले अहिले मानिसले ‘फ्रोजन फुड’ खरिद गरेर खाने गरेको पाइन्छ तर यसले जनस्वास्थ्यलाई नकारात्मक असर गर्ने पोषद्विदको भनाइ छ ।

यस प्रक्रियामा खाना खानालाई चिस्याएर राखिने गरिन्छ । बजारमा फ्रोजन मःमः, फ्रोजन पिज्जा, फ्रोजन पास्ता, यःमरी, मटर, लगायत तरकारीदेखि माछा मासु पनि फ्रोजन नै पाउन थालिएको छ ।

व्यस्त दैनिकी तथा पकाउने कला नभएकाले मानिस बजारमा बनेका वा लामो समयसम्म फ्रिज गरिएका खानेकुरा खान थालेको पोषणविद् डा. अरुणा उप्रेती बताउनुहुन्छ । उहाँले यस्ता खानाले लामो समय फ्रिज गरिएका खानेकुराले स्वास्थ्यमा असर गर्ने जानकारी दिनुभयो ।

हामीले दुध, दहीलाई चिस्याएर आइसक्रिम बनाएको छ भने त्यसले खासै असर गर्दै तर बजारमा लामो समयदेखि फ्रोजन गरिएको खानाले स्वास्थ्यमा नकारात्मक असर गर्ने दाबी गर्नुहुन्छ ।

‘‘फ्रिजमा खाने कुरा राखे पनि एक दुई दिनको लागि हुन्छ’’, डा. उप्रेती भन्नुभयो, ‘‘तर बजारमा महिनौ वा वर्ष सम्मका हुन्छ र त्यो खानेकुरा कस्तो अवस्थामा बनाएको थाहा हँुदैन । त्यसैले बजारको यस्तो खाने कुरा नखान उहाँको सुझाव छ । ’’

यस्ता खानाले अहिले नै कुनै असर नगरे पनि दीर्घकालमा ठूलो स्वास्थ्य समस्या निम्त्याउने डा. उप्रेतीले प्रष्ट पार्नुभयो । हामीले घरमा पनि मानिसहरू माछामासु लगायत खानेकुरालाई लामो समयसम्म टिकाउन फ्रिजमा राख्ने गरिएको तर खानेकुरा लामो समय फ्रिजमा राख्न नहुने डा. अरुणा बताउनुहुन्छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV