३० माघ २०७७, शुक्रबार
  • हरिशंकर शर्मा,

कलैया (बारा), ३० माघ । गत माघ २५ गते कान्तीदेवीको विभत्स हत्या जग्गा विवादका कारण भएको अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गर्दै महानगढीमाई नगरपालिका–१ निवासी ४८ वर्षीया कान्तीदेवीको हत्यामा संलग्न २ जना अभियुक्तलाई सार्वजनिक गरेको छ ।

प्रहरी उपरीक्षक दीपेन्द्र शाहीका अनुसार जग्गा विवाद एवं आपसी रिसिवीको कारण कान्तीदेवीको हत्या भएको अनुसन्धानबाट खुलासा भएको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा घटनास्थलबाट भेटिएको रातो गम्छा तथा औंठीलाई अनुसन्धान गर्दै जाँदा छिमेकी धनेश्वरी र लालबाबु कुशवाहाको संलग्नता रहेको पुष्टि भएको उनले बताए ।

छिमेकी धनेश्वरीले कान्तीदेवी (मृतक महिला)सँग आफ्नो जग्गाको विवाद तथा आपसी विवाद भएको कारण लालबाबु कुशवाहाको सहयोगमा हत्या गरिएको स्वीकारेकी प्रहरी उपरीक्षक शाहीको भनाइ छ ।

पक्राउ परेका अभियुक्त लालबाबु कुशवाहा विगत २०५६ सालदेखि २०६१ सालसम्म डाँका, हातहतियार र सर्वाजनिक अपराध मुद्धामा पक्राउ परि सजाय भोगिसकेका व्यक्ति हुन् ।

गत आइतबार राति श्रीमान् वैजनाथ कुशवाहा बाहिर गएको मौका छोपेर उनीहरुले धारिलो हतियार प्रयोग गरि कान्तीदेवीको हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV