३० माघ २०७७, शुक्रबार

काठमाडौं, ३० माघ । यौनजन्य अपराध गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । १३ बर्षीया किशोरीलाई यौन सम्पर्क गराउन सहयोग गर्ने एक महिला र ग्राहक बनेर बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ पर्नेमा मुस्कान खातुन र ओमनारायण यादव रहेको प्रहरीले जनाएको छ । पीडित परिवारले मुस्कान खातुनले आफ्नो छोरिलाई उनको कोठामा लगेर  ओमनारायणँग जबरजस्ति पटक-पटक यौन सम्पर्क गराएको र गर्भवती बनाएको भन्दै प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो ।

उनीहरुलाई बलात्कार गरेको आरोपमै पक्राउ गरिएको प्रहरीको भनाइ छ । उजुरीपछि ओमनारायण फरार रहेको भएपनि प्रहरीको खोजपछि पक्राउ परेका हुन् । लक्ष्मीनियाँमा रहेको मुस्कानको कोठामा लगेर पटक-पटक बलात्कार गरेपछि किशोरी गर्भवती भएको पीडितले दिएको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV