३० माघ २०७७, शुक्रबार
  • शिव डुम्रे,

बुटवल, ३० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका नेता देव गुरुङ्गले प्रधानमन्त्री केपी शर्माको कदमले देश विघटन हुने अवस्थामा गएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले निरंकुश कदम चाल्दै सामान्य जनताले बोल्नसमेत नपाउने गरी चलाएको शासनले देश र व्यवस्था नै विघटनमा पर्ने उनले बताएका हुन् ।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व कानून मन्त्री समेत रहेका नेता गुरुङ्गले संविधानमा हुँदै नभएको व्यवस्था र नभएको अधिकारलाई प्रयोग गर्दै प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक मात्रै नभई देशलाई पश्चगमनमा फर्काउन खोजेको उनको आरोप छ ।

पूर्व सहकर्मी र सहयोद्धा गृहमन्त्री बादलले गरेका टिप्पणीप्रति कटाक्ष गर्दै विचार सकिएपछि तुच्छ शब्दले गाली गर्नेबाहेक केही नदेखिएको र उनीहरु पार्टीमा रहनसमेत लायक नरहेको बताएका थिए ।

उनले सर्वाेच्च अदालतले संसद पुनस्थापना गर्नेप्रति विश्वास व्यक्त गर्दै संसद पुनस्थापना नभएमा अर्काे विद्रोहको सुरुवात हुने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV