३० माघ २०७७, शुक्रबार

सोल, ३० माघ । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको बताइएको छ । उहाँहरुबीच शुक्रबार भएको फोनवार्तामा कोरियाली प्रायद्वीपका बारेमा कुराकानी भएको बताइएको हो ।दक्षिण कोरियाका विदेशमन्त्री चुङ इयुङ र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीचमा सो कुराकानी भएको हो । उहाँहरुबीच कोरियाली प्रायद्वीपका साथै अमेरिका र कोरियाबीचको आपसी सहयोग र समझदारीका बारेमा कुराकानी भएको बताइएको हो ।

यसका साथै अरु पनि क्षेत्री र अन्तर्राष्ट्रिय विषयहरुमा कुराकानी भएको समाचारमा जनाइएको हो । उहाँहरुका बीचमा आगामी दिनमा कोरियाली प्रायद्वीपमा निसस्त्रीकरण गर्ने विषयमा पनि कुराकानी भएको थियो । उहाँहरुले उत्तर कोरियाको विषयमा फोनमा कुराकानी गर्नुभएको थियो ।
उत्तर कोरियालाई आगामी दिनमा कोरियालाई निसस्त्रीकरण के कसरी गर्न सकिन्छ भन्ने बरेमा पनि त्यस अवसरमा कुराकानी भएको समाचारमा जनाइएको छ ।

यसका साथै उहाँहरु आगामी केही समयमा नै भेटेर द्विपक्षीय वार्ता गर्ने सहमति गर्नुभएको छ । उहाँहरुले आगामी दिनमा जतिसक्दो चाँडो नै द्विपक्षीय वार्ता गर्ने बताउनुभएको हो । रासस\सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

LIVE TV