३० माघ २०७७, शुक्रबार

काठमाडौं, ३० माघ । सरकारले चाडपर्वमा मनलाग्दी विदा दिएको भन्दै आदिवासी जनजाति महासंघले असन्तुष्टि व्यक्त गरेको  छ । महासंघका अध्यक्ष जगतबहादुर बरामले सोनाम ल्होसारको अवसरमा विज्ञप्ति जारी गरेको शुभकामना सन्देशमा जनजातिका मुख्य पर्वमा सरकारले मनलाग्दी गरेको भन्दै आपत्ति जनाएका हुन् ।

शुभकामना सन्देशमा भनिएको छ– ‘आदिवासी जनजातिहरुको भूमि, सभ्यता, इतिहास, पहिचान, संस्कृति र अस्तित्वसँग जोडिएको राष्ट्रिय चाडपर्वहरुमा सरकारले मन लाग्दा राष्ट्रिय बिदा दिने र मन नलाग्दा खारेज गर्ने कार्यको हामी निरन्तर खबरदारी गर्दछौं ।’

सरकारले यो वर्ष सोनाम ल्होसारको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । अघिल्लो वर्ष भने सरकारले बिदा कटौती गरिदिएको थियो । जनजातिले मनाउने मुख्य पर्वमा बिदा कटौती भएपछि त्यसबेलादेखि नै विभिन्न जातीय संगठन र आदिवासी जनजाति महासंघले सरकारको विरोध गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV