३० माघ २०७७, शुक्रबार

एजेन्सी, ३० माघ । जर्मन क्लब बायर्न म्युनिखले फिफा क्लब विश्वकप फुटबलको उपाधी जितेको छ । कतारमा बिहीबार राति भएको फाइनलमा मेक्सिकोको टाइग्रेसलाई १–० ले हराउँदै बायर्न च्याम्पियन बनेको हो ।

अहमेद विन अली स्टेडियममा बायर्नलाई जित दिलाउन बेन्जामिन पाभर्डले निर्णायक गोल गरे । पाभर्डले खेलको ५९ औं मिनेटमा गोल गरेका थिए । यससंगै बायर्नले दोस्रो पटक क्लब विश्वकपको उपाधि जित्न सफल भएका छन् ।

यस्तै बायर्नले पछिल्लो ९ महिनाभित्र ६ उपाधि जित्न सफल भएको छ । पछिल्लो समय बायर्नले यूईएफए सुपर कप, जर्मन सुपर कपको उपाधि जितेको थियो । यस अघि बायर्नले सेमिफाइनलमा इजिप्टको अल एहलीलाई २० गोल अन्तरले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV