२९ माघ २०७७, बिहीबार
  • दान बहादुर बुढा,

मुगु, २९ माघ । नेपाली भाषाको उद्गमस्थल जुम्लाको कनका सुन्दरी गाँउपालिका–५ लुड्कु गाँउमा जन्मिएका पूर्व जिबिस सभापति गौरीलाल न्यौपाने खस साम्राज्य सिञ्जाको ईतिहास खोज्नमा ब्यस्त छन् ।

एएसएलसीसम्म पढेका गौरीलाल बाल्यकालदेखिनै राजनीति र समाज सेवामा चासो राख्ने गर्दथे । उनी वि.सं.२०२४ सालमा जिल्ला बाल संघका अध्क्षय, २०३१ मा नेपाल गाँउ फर्क अभियाका संयोजक, २०३३ मा नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य, २०४२ मा जिल्ला खेलकुद बिकास समितिका अध्क्षय हुँदै शाही सरकारको पालामा जिल्ला सभापति भनेका थिए ।

त्यस्तै, उनी गोर्खा दक्षिण वाउ, ऐश्वर्य सेवा पदक, महेन्द्र सेवा पदकलगायतबाट पनि सम्मानित भएका थिए । हाल उनी खस साम्राज्य सिन्जाको ईतिहासको खोजीमा निकै व्यस्त छन् ।

नेपालमा बोलिने खस भाषा तथा संस्कृति यही सिन्जाबाट उत्पति भएको उनले बताए । सिन्जाको खस सभ्याताका ताजा प्रमाणहरु लाल मोहर, भोज पत्र, कनक पत्र, निल पत्र, बाटो र ढुङ्गामा लेखिएका शिलापत्रहरु हुन् ।

खस सिञ्जापति राजाहरुले नेपाल एकीकरण गरेको समयदेखिको कुनै पनि कृति इतिहासमा नभेटिएकाले उक्त सिञ्जापति राजाको पालादेखिको सबै ईतिहासको संरक्षणमा आफू लागेको गौरीलालको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV