२९ माघ २०७७, बिहीबार
  • कविन्द्र शेर्मा

पाँचथर, २९ माघ । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा सुरु भएको कालोपत्रेको काम रोक्नका लागि माघ १५ गते जारी गरिएको अल्पकालिन अन्तरिम आदेश खारेज भएको छ ।यासोक बजारबाट भित्री शाखा जाने बाटो निर्माण कार्य रोक्न माग गर्दै उच्च अदालत विराटनगर, ईलाम इजलाशमा कुम्मायक गाउँपालिका निवासी भीम प्रसाद निरौलाले गत माघ १५ गते रिट दायर गरेका थिए । सो रिटमाथि माघ २२ गते उच्च अदालत विराटनगर इलाम इजलाशको संयुक्त ईजलाश १ मा न्याधीशदय शिवनारायण यादव र सोमकान्त मैनालीबाट अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भनि आदेश भएको हो ।

आदेशमा भनिएको छ “अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा हेर्दा, यासोक बजारबाट भित्री बजार जाने शाखा बाटो सर्वदलिय र सम्पूर्ण सरोकारवालाहरुको बैठक बसी बाटो निर्माण भइसकेको र कालोपत्रे गर्ने काम भइरहेको भनि विपक्षीहरुको इजलाश समक्ष आफ्नो भनाई राखी प्रमाण कागज समेत पेश गरेकाले अन्तरिम आदेश जारी गर रहनु पर्ने अवस्था नदेखिदा अन्तरिम आदेशलाई निरन्तरता दिइरहन परेन ” ।

रिट निवेदक निरौलाले कुम्मायक गाउँपालिका १ नम्बर वडा अध्यक्ष देबेन्द्र कुमार लावतीसहित निर्माण कम्पनी सिएम कृष्ण लक्ष्मी जे।भि र सहरी बिकास तथा भवन निर्माण कार्यालय इलामलाई विपक्षी बनाएको छ । सो सम्बन्धमा कुम्मायक — १ का अध्यक्ष देवेन्द्र कुमार लावतीले उच्च अदालत विराटनगर इलाम इजालाशले निवेदकको रिटमाथि अल्पकालिन अन्तरिम आदेश जारी गर्न नपर्ने भनि रिट खारेज गरेकाले अब बाटो निर्माणको लागि बाटो खुला भएको बताउनु भयो ।

उद्योग वाणिज्य संघ शाखा कुम्मायकका अध्यक्ष जस्तो गरिमामय पदमा बसेका व्याक्तिले ईलाका प्रहरी कार्यालय यासोकमा बाटो निर्माण रोकी पाउँ भनि उजुरी दिएका छन् , यो कदम गैर जिम्मेवारी र बिकास बिरोधी काम भएको पनि अध्यक्ष लावतीले बताउनु भयो । उहाँले भन्नु भयो “ वाणिज्य संघ जस्तो गरिमामय पदमा वसेका मान्छेले गैर जिम्मेवार ढगंबबाट अगाडी बढयो भने अब गाउँपालिकाको कार्यकारिणी बैठक वसेर त्यहाँबाट कार्वहीको समेत सिफारिस गर्न पनि सक्छौ , र जनस्तरको हस्ताक्षर संकलन गरेर त्यो पदबाट समेत हटाउन प्रक्रिया अघि बढाउछौँ” त्यसैले हामी उहाँलाई सच्याउन आग्रह गछौँ ।

कालोपत्रे गर्ने कार्य गरिरहेको निर्माण व्यवसायी सिएम कृष्ण लक्ष्मी जे।भी का प्रमुख सीता देवी बस्नेतले काम गर्दा कुनै पनि जनतालाई असर नपुग्ने गरी काम गर्ने बताउनु भयो । जसरी पनि असार महिना भित्र काम सक्ने तरिकाले काम गर्ने पनि उहाँले बताउनु भयो । केहि जिम्मेवार व्यक्तिहरुले नै मलाई अनावश्यक दुख दिन खोजे पनि हरेक समस्या समाधान गरेर पनि आफ्नो काममा अडिग रहेर काम पूरा गर्ने पनि प्रमुख सीता देवी बस्नेतले प्रतिवद्धता व्यक्त गर्नु भयो ।

स्थानीयवासी टिका धमलाले यस्तो विकास निर्माण कार्यमा सबैले निर्माण व्वसायीलाई साथ सहयोग दिनु पर्ने बताउनु भयो । त्यस्तै स्थानीय फूल कुमारी नेम्वाङ्गले विकास निर्माण कार्यमा आफ्नो घरवार जोगाउने कार्यले राष्ट्रिय बिकास निर्माण कार्यमा बाधा पुग्ने बताउनु भयो । यसै गरी यासोक बजारका होटल तथा विविध व्यवसायी तेजेन्द्र चेम्जोङ्गले कुनै पनि विकास कार्यमा वाधा अवरोध गर्न गलत भएको धारणा राख्नु भयो ।

पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा प्रदेश नम्बर १ सरकारको आर्थिक सहयोगमा हाल कालोपत्रे गर्ने कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV