२९ माघ २०७७, बिहीबार

काठमाडौं, २९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समय सीमाभित्रै धरहराको पुनर्निर्माण हुने विश्वास व्यक्त गर्नुभएको छ ।

विहीबार निर्माणाधीन धरहराको अवलोकन भ्रमण गदैं प्रधानमन्त्री ओलीले धरहरा निर्माण समयमा नै हुने विश्वास व्यक्त गर्नुभएको हो । अवलोकनका क्रममा उहाँले धरहराको निर्माण कार्य सन्तोषजनक रहेको बताउनुभयो ।

उहाले धरहराको तल्लो भागको निर्माणको योजनाका बारेमा पनि जानकारी लिनुभएको थियो । त्यस्तै उहाले धरहरालाई ऐतिहासिक स्थल बनाउनका लागि जोड दिनुभएको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले जानकारी दिनुभयो ।

ज्ञवालीका अनुसार हालसम्म धरहराको २१ तल्लाको निर्माण सकिएको छ भने बाँकी दुई तल्ला पनि चैत्र महिनाभित्र सम्पन्न हुनेछन् । उहाले सर्वसाधारणलाई २० औं तल्लाबाट भ्यू हेर्न पाउने व्यवस्था गरिने बताउनुभयो । अन्य निर्माणका कार्य पनि तीव्र ढंगले अघि बढेको उहाले बताउनुभयो ।

त्यसअघि विहीबार नै प्रधानमन्त्री ओलीले सिंहदरबारस्थीत प्रधानमन्त्री कार्यालयको पनि अवलोकन गर्नुभयो । बिनासकारी भूकम्पले प्रधानमन्त्री कार्यालयमा निकै असर परेको थियो ।

हाल उक्त कार्यालयको निर्माण सकिएको र फाल्गुन ३ गते उद्घाटन गरिने ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV