२९ माघ २०७७, बिहीबार

काठमाडौं, २९ माघ । नेकपाको प्रचण्ड–नेपाल पक्षका नेृत रामकुमारी झाँक्रीको निवास शंखमुलमा पक्राउ गर्न पुगेपछि कार्यकर्ताले चर्काे विरोधस्वरुप नाराबाजी गरिरहेका छन् । पक्राउ गर्न सादा पोशाकमा खटिएको अपराध महाशाखाकाे टोली फर्किए पनि नाराबाजी चलेपछि प्रहरी पुनः त्यहाँ पुगेको जनाइएको छ । नाराबाजीकै क्रममा प्रहरीका एक सुरक्षार्मी घाइते भएको जनाइएको छ ।

राष्ट्रपतिलाई मानमर्दन गरेको आरोपमा नेकपा दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको थियाे । बिहीबार महानगरीय अपराध महाशाखाको टोली झाँक्रीको शंखमुलस्थित घरमा पुगेको हाे ।

सोधपुछका लागि बोलाइएको महाशाखाले जानकारी दिएको छ । तर, झाँक्रीले भने आफूलाई पक्राउ पूर्जी जारी गरेमात्र जाने नत्र मौखिकरुपमा नजाने अडान लिनुभएको छ । अहिले शंखमूल आसपासमा झाँक्री समर्थित नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

झाँक्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको आरोप छ । गोरखामा केही दिनअघि नेतृ झाँक्रीले राष्ट्रपति विरुद्ध गालीगलौज गरेको आरोप लगाउँदै नेकपा ओली समूहले विरोध गरेका थिए । उहाँलाई तत्काल पक्राउ गर्न भन्दै ओली समूह सम्बद्ध महिला संघले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो राखेर पक्राउका लागि प्रहरी प्रशासनलाई दबाब दिएको स्रोतले बताएको छ ।

तस्वीर सौजन्य : प्रविन कुलुङ राई

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV