२८ माघ २०७७, बुधबार

काठमाडौं, २८ माघ । बालुवाटारको ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाइ भ्रष्टाचार गरेको आरोपका मुख्य अभियुक्त शोभाकान्त ढकाल विशेष अदालत उपस्थित भएका छन् ।

उक्त जग्गाको मुख्य विचौलियाको भूमिका निभाएका ढकाल यसको अनुसन्धान सुरु भएपछि फरार थिए । ढकाल र रामकुमार सुवेदीले संयुक्त रूपमा उक्त सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा विचौलियको भूमिका निभाएका थिए ।

सुवेदी लेखापढी व्यवसायी समेत भएकाले उनको सहयोगमा बालुवाटरको सरकारी जग्गा व्यक्तिको बनाउने चलखेल सुरु भएको थियो । ललिता निवास प्रकरणमा अधिकांश प्रतिवादीले ढकालको नाम लिएका थिए ।

ढकालले आफू, श्रीमती र छोरा र छोरीहरूको नाममा समेत बालुवाटारको जग्गा राखेका थिए । ढकालले उक्त जग्गा राखेर आइएमई इन्स्टिच्युसनबाट १ करोड ९० लाख ऋण समेत लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV